Sign Up for Public Alerts - Nepali

PublicAlerts मानिसहरूले घर भित्रै बस्ने, पानी उमाल्ने, वा घरबाट बाहिर निस्कने जस्ता सुरक्षित कदम चाल्नु पर्ने भएमा उनीहरूलाई चेतावी दिने एउटा प्रणाली हो।

This page includes documents or other content that may not meet accessibility standards.

This page includes documents or other content that may not meet accessibility standards.

Documents marked “archived” may not work with assistive technologies. Request content in an accessible format.


PublicAlerts मानिसहरूले घर भित्रै बस्ने, पानी उमाल्ने, वा घरबाट बाहिर निस्कने जस्ता सुरक्षित कदम चाल्नु पर्ने भएमा उनीहरूलाई चेतावी दिने एउटा प्रणाली हो। यसले Multnomah County का मानिसहरुलाई भ्वाइस तथा टेक्स्ट सन्देशहरु र ई-मेलहरु पठाउँछ। अन्य काउन्टिहरुमा पनि यस्तै प्रणालीहरु छन् तर Multnomah County ले मात्रै 10 भाषामा चेतावनी सम्बन्धी सूचना दिन्छ। ती भाषाहरु क्रमश: अंग्रेजी, अरबी, चिनियाँ, जापानी, लाओसन, रोमेनियन, रसियन, सोमाली, स्पेनिस, युक्रेनियन, वा भियतनामी हुन्। यद्यपि साइन अप फारम हालको लागि अंग्रजीमा मात्र उपलब्ध छ। सार्वजनिक चेतावनी सम्बन्धी सूचना प्राप्त गर्नको लागि मैले गरेझैं गर्नुहोस्:

www.publicalerts.org मा जानुहोस्। यो P-U-B-L-I-C-A-L-E-R-T-dot-ORG हो। तपाईंले “Sign up”  बटन नदेखिँदासम्म तल स्क्रोल गर्नुहोस्। यहाँ क्लिक गर्नुहोस्।

यदि तपाईं Portland, Gresham, Woodvillage, Troutdale, Fairview, Corbett, Sauvie Island वा Multnomah County मा अन्यत्र कतै बस्नुहुन्छ भने हामी तपाईंलाई साइन अप गर्न सिकाउनेछौं।

अब पहिलो लिङ्कमा क्लिक गर्नुहोस्।

यो र यसपछिका स्क्रिनहरूले, स्क्रिनको माथिल्लो दाहिने छेउमा रहेको ड्रप-डाउन-लिस्टबाट तपाईंलाई एउटा भाषा रोज्न दिन्छ। हामीलाई थाह छ यी स्वचालित अनुवादहरु पूर्ण रूपमा सही छैनन्। तर अहिलेको लागि हामीसँग भएको यो नै सबैभन्दा राम्रो सुविधा हो।

यस पृष्ठमा रहेको ठुलो नीलो लिङ्क “Sign Up Here” मा क्लिक गर्नुहोस्।

 

म युजरनेम बनाउनेछु। यो कम्तिमा 4 अक्षर लामो हुनुपर्छ। म आफ्नो युजरनेम ____________________ बनाउनेछु

खाली ठाउँको छेउमा सानो रातो ताराको चिह्नमा ध्यान दिनुहोस्। त्यसको अर्थ जारी राख्नुअघि मैले उक्त खाली ठाउँहरु अनिवार्य रूपमा भर्नुपर्छ भन्ने हो।

मैले मेरो पहिलो नाम यहाँ लेख्छु।

र मेरो थर यहाँ लेख्छु।

त्यसपछि मलाई पासवर्ड आवश्यक पर्छ। यो कम्तिमा एक अक्षर र एक नम्बर सहित कम्तिमा पनि 8 वर्णको हुनुपर्छ।

त्यसपछि मैले सोही पासवर्ड दोहोर्‍याउने छु।

त्यसपछि मैले उत्तर दिनको लागि यी सुरक्षा प्रश्न मध्ये एक प्रश्न रोज्नेछु:

  • तपाईंको हजुरआमाको माईतीको थर के हो

  • तपाईंको आमा र बुवाको भेट भएको शहर कुन हो

  • बालापनको तपाईंको मिल्ने साथीको नाम के हो

  • तपाईंले आफ्नो श्रीमान/श्रीमती लाई कुन शहरमा भेट्नु भयो

  • तपाईंको पहिलो जागिर कहँ थियो

  • छ कक्षामा तपाईं कुन स्कूल जानु भयो

  • बालापनमा तपाईंको उपनाम के थियो

  • तेस्रो कक्षामा तपाईं कुन मार्गमा बस्नु भयो

  • तपाईंको मनपर्ने पाल्तु जनावर वा गुडियको नाम के थियो

  • तपाईंको मनपर्ने शिक्षकको नाम के थियो

  • तपाईं जन्मेको शहर कुन हो

तपाईंले आफ्नो प्रश्न रोजिसकेपछि, तपाईंले उत्तर यहाँ लेख्नुहुनेछ। कृपया उत्तर सम्झिन सजिलो हुने खालको राख्नुहोस्।

अन्तिममा तपाईंलाई एक ई-मेल अकाउन्ट आवश्यक पर्नेछ। यदि तपाईंसँग छैन भने, तपाईंले आफ्ना परिवारको कुनै पनि सदस्यको ई-मेल अकाउन्ट प्रयोग गर्न सक्नुहुनेछ।

यस पृष्ठको सबै काम सकिसकेपछि “I accept terms of service” बक्समा क्लिक गर्नुहोस् र त्यसपछि “create your account” मा क्लिक गर्नुहोस्।

 

यस स्क्रिनमा, तपाईंले हामीलाई भन्नुहुनेछ कि तपाईं कसरी चेतावनी प्राप्त गर्न चाहनुहुन्छ। टेक्स्ट सन्देश प्राप्त गर्नको लागि “Here’s how to contact me” मा तपाईंले सेल फोन नम्बर राख्न सक्नुहुनेछ। भ्वाइस सन्देशको लागि सेल फोन नम्बर वा व्यवसायिक फोन नम्बर थप्न सक्नुहुनेछ।

त्यसपछि “save and continue” क्लिक गर्नुहोस्।

 

यहाँ तपाईंले कुन स्थान वा स्थानहरुकको बारेमा चेतावनी प्राप्त गर्ने भनेर निर्धारण गर्न सक्नुहुनेछ। तपाईं आफ्नो घर, आफ्ना बच्चाहरुको स्कुल, आफ्नो कार्यस्थल राख्न सक्नुहुनेछ। म आफ्नो कार्यस्थल राख्नेछु।

यसले तपाईंको ठेगाना प्रमाणीत गर्नेछ।

हो, यो सत्य हो।

तपाईंले चाहेका सम्पूर्ण स्थानहरु राखीसकेपछि “Save and Continue” मा क्लिक गर्नुहोस्।

 

अब आफूले चेतावनी प्राप्त गर्न चाहेको भाषा रोज्नुहोस्। म मेरा चेतावनीहरु नेपाली भाषामा प्राप्त गर्न चाहन्छु।

यदि तपाईं अपाङ्गता वा मेडिकल उपचार आवश्यक भएको व्यक्ति हुनुहुन्छ भने तपाईंले हामीलाई भन्न सक्नुहुनेछ।

  • के तपाईं विस्तराबाट उठ्न नसक्ने

  • बहिरो वा श्रवण शक्ती कमजोर भएको व्यक्ति हुनुहुन्छ

  • के तपाईंलाई कुराकानी गर्न वा सम्झन गार्‍हो हुन्छ?

  • के तपाईं विद्युतीय ‌उपकरणमा निर्भर हुनुहुन्छ,

  • के तपाई वाकर वा बैसाखी वा व्हिल चेयर प्रयोग गर्नुहुन्छ

  • विकासात्मक असक्षमता छ

  • मानसिक स्वास्श्य समस्याहरु अनुभव गर्नुहुन्छ

  • अक्सिजन प्रयोग गर्नुहुन्छ

  • के तपाईं मौखिक रुपमा कुराकानी गर्न असक्षम हुनुहुन्छ वा आँखा देख्नुहुन्न

आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी बाँड्नु स्वैच्छिक हो र यसले सहयोगको ग्यारेन्टी गर्दैन तर यसले पहिलो रेस्पोन्डरलाई आपतकालीन समयमा तपाईंलाई के के सेवाहरु आवश्यक पर्नसक्छ भनेर जानकारी प्राप्त गर्नको लागि सहयोग गर्छ।

तपाईंले आपतकालीन सम्पर्क र आपतकालीन समयमा तपाईंलाई सहयोग गर्न सक्ने व्यक्ति, तपाईंको परिवारको सदस्य वा नजिकको साथी वा तपाईंले विश्वास गर्ने कुनै व्यक्तिको फोन नम्बर प्रदान गर्न सक्नुहुनेछ। यदि तपाईं चाहनुहुन्छ भने आफ्नो जन्ममिति पनि राख्न सक्नुहुन्छ।

अहिले म यी कुराहरू खाली राख्नेछु।

 

अन्तिममा, सम्पुर्ण जानकारीहरु सही छन् भनेर सुनिश्चित गर्नको लागि समिक्षा गर्नुहोस्। यदि तपाईं सम्पादन गर्न चाहनुहुन्छ भने “edit” बटनमा क्लिक गर्नुहोस्। त्यसपछि “Finish” मा क्लिक गर्नुहोस्।

यति मात्र! Public Alerts मा साइन अप गर्नुभएकोमा धन्यवाद!

Last reviewed July 15, 2024